भारतका पूर्वराष्ट्रपतिलाई पनि भेट्यो कोरोनाले

Advertisement

काठमाडौं । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ । उनले ट्वीट गर्दै आफूलाई कोरोना पोजेटिभ देखिएको स्वीकार गरेका छन् । 

मुखर्जीले गएको साता आफ्नो सम्पर्कमा आएकाहरुलाई परीक्षण गराउन र एकान्तवास बन्स पनि आग्रह गरेका छन् । आफू अन्य प्रयोजनका लागि अस्पताल गएको बेला परीक्षण गराउँदा कोभिड १९ पोजिटिभ देखियो उनले ट्वीटरमा लेखेका छन् ।  

Advertisement

भारतमा आइतबार मात्र ६२ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । नयाँ थपिएका संक्रमितसँगै भारतमा हालसम्म कोरोना भाइरसबाट संक्रमितको संख्या २२ लाख नाघेको छ । भारतमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ४४ हजार ३८६ जनाको मृत्यु भइसकेको छ ।

Advertisement

Advertisement