योग्यतै नपुगेको व्यक्तिलाई लगानी बोर्डको सीईओ बनाइएको भन्दै उच्च अदालतमा रिट दायर
फाइल फोटो

Advertisement

काठमाडौं । विवादमा परेका लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टविरुद्ध पाटन उच्च अदालतमा रिट दायर भएको छ । भट्टको योग्यता नपुगेको भन्दै अधिवक्ता जयबहादुर भुजेलले अदालतमा सोमबार रिट निवेदन दर्ता गरेका हु्न । 

निवेदनमा अर्थमन्त्री युवराज खतिवडा संयोजक रहेको सिफारिस समिति, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र लगानी बोर्डलाई विपक्षी बनाइएको छ । चिनियाँ एक निर्माण कम्पनीको एजेन्टको रुपमा चिनिदै आएका सुशील भट्ट र उनका भाई दीपक भट्टले थुप्रै आयोजनाहरु लिएर समयमा सम्पन्न नगर्ने, लागत बढाउने, भ्रष्टाचार गर्ने, दल तथा नेताहरुसम्म पहुँच बनाएर राजनीतिक विचौलियाको काम गर्ने गरेको जस्ता आरोपहरु खेप्दै आएका छन् । 

Advertisement

Advertisement

Advertisement