शेयर बजारमा उत्साह, ३७.७४ अंकले बढ्दा १ अर्ब ५५ करोडको कारोबार

Advertisement

काठमाडौँ । साताको पहिलो दिनबाटै उकालो लागेको शेयर बजार आज दोश्रो दिन थप उत्साहित भएको छ । हिजो ११.३० अंकले बढेको बजार आज उत्साहित हुँदै ३७.७४ अंकले बढेको हो । आज २.७१ प्रतिशतले बढ्दा नेप्से परिसूचक १४३०.४१ अंकमा उक्लेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज १८९ कम्पनीका ४२ लाख ५२ हजार ८ सय ८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५५ करोड ५५ लाख १८ हजार ९ सय २३ रुपियाँको कारोबार भएको छ । 

Advertisement

आज म्युचुअल फण्ड घटे पनि अरु सबै समूहमा हरियाली छाएको छ ।

नेप्सेका अनुसार आज पनि सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको शेयर किनभएको छ । पुनर्बीमाको ६ करोड ९२ लाख ३ हजार ३ सय ३८ रुपियाँ बराबरको शेयर किनबेच भएको हो । 


 

Advertisement

Advertisement