कोरोनाको त्रासले भदौ दोस्रो साता लिने भनिएको त्रिविको परीक्षा फेरि अनिश्चित कालका लागि सर्यो

Advertisement

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आउँदो भदौ दोसो साताका लागि तय गरेको परीक्षा फेरि स्थगित गरेको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमण बढेको भन्दै त्रिविले सोमबार सुचना निकालेर अनिश्चित कालका लागि कार्यक्रम स्थगित भएको जानकारी दिएको हो । 

महामारी बढेको र जिल्ला प्रशासन कार्यालयहरुले ठाउँ ठाउँमा निषेधाज्ञा जारी गरेको जनाउँदै त्रिविको परीक्षा नियन्त्रण महाशाखाले स्नातक तथा स्नाकोत्तर तहका विभिन्न कार्यक्रम तथा सत्रका सत्रान्त परीक्षाहरु अर्को सुचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ । परीक्षा स्थगित हुँदा विद्यार्थीहरुमा अन्योलता बढ्दै गएको छ । 

Advertisement


 

Advertisement

Advertisement