नारायणी उपक्षेत्रीय अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गर्न विकास समिति सभापतिको माग

Advertisement

काठमाडौँ । प्रतिनिधि सभा अन्तरगतको विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्काले वीरगञ्ज स्थित नारायणी उपक्षेत्रीय अस्पताललाई ३ सय शैयाको आईसीयू  र भेन्टिलेटरयुक्त कोभिड अस्पतालमा रुपान्तरण गर्न माग गरेकी छिन् । 

समिति सभापति खड्काले आज कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र निर्देशक समितिका संयोजकलाई ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेकी हुन् । 

Advertisement

प्रदेश नम्बर २ को मुख्य केन्द्र तथा नेपालको मुख्य नाका वीरगञ्जमा अहिले कोभिड १९ को संक्रमण अत्याधिक छ, खासगरी बारा, पर्सा र रौतहटका नागरिकहरुले सरल र सुलभ तरिकाले उपचार सेवा पाउने स्थान पनि बीरगञ्ज नै भएकाले समेत नारायणी उपक्षेत्रीय अस्पताललाई सुबिधायुक्त कोभिड अस्पतालमा रुपान्तरण गर्न माग गरेकी हुन् । 

साथै उक्त ज्ञापन पत्रमा नेशनल मेडिलक कलेजको एउटा भवनमा कम्तीमा १० शैयाको आईसीयू र भेन्टिलेटर सुबिधासहित अस्पताल निर्माण गर्न र वीरगञ्ज स्थित बयोधा लगायत अन्य निजी अस्पतालहरुलाई पनि आवश्यकता अनुसार कोभिड १९ उपचारको लागि तयारी अवस्थामा रहन निर्देशन दिन ध्यानाकर्षण गराएकी छिन् । 
 

Advertisement

Advertisement