अब उद्योग कलकारखानामा पनि क्वारेन्टाइन, मापदण्ड बनाएर मात्रै चल्न दिइने

Advertisement

काठमाडौं । सरकारले भदौ १५ गतेसम्म लामो दूरीको सार्वजनिक यातायात र रोक लगाउने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले बढ्दो कोरोना संक्रमणको जोखिमलाई औंल्याँदै समय लम्ब्याएको हो । यसअघि भदौ १ बाट यस्ता सवारी साधन चल्न दिने निर्णय गरिएको थियो । 


त्यस्तै, सरकारले भदौ एक गते देखि संचालन गर्न दिने निर्णय भइसकेको आन्तरिक तथा बाह्य उडानमा पनि रोक लगाउने निर्णय गरेको छ । मन्त्रिपरिषदले उद्योग, कलकारखाना सञ्चालन भइ मजदुरहरूको आवतजावत बढेकाले संक्रमणको जोखिम पनि बढेको भन्दै उद्योग तथा कलकारखानाभित्र क्वारेन्टाइनको व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड बनाएर पनि सञ्चालन गर्न दिने निर्णय गरेको छ । 

Advertisement

Advertisement

Advertisement