एनआरएन इन्फ्रास्टक्चरको आईपीओ बाँडफाँड, ३ लाख २० हजार ६ सय १४ जनाले मात्रै पाए १० कित्ता

Advertisement

काठमाडौँ । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको साधारण शेयर(आईपीओ) आज बाँडफाँड गरिएको छ । 

माग भन्दा ५ गुणाभन्दा बढी आवेदन परेकोमा ३ लाख २० हजार ६१४ जना आवेदकले गोला प्रथाबाट १० कित्ताको दरले सेयर हात पारेको धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।  आईपीओका लागि आवेदन दिएका ९७ हजार ३४४ जना आवेदकले भने शेयर पाएनन् ।

Advertisement

साउन १६ गतेदेखि २१ गतेसम्मका लागि आईपीओ खुला गरिएकोमा ४ लाख २८ हजार १ सय ५३ जना आवेदकले १ करोड  ६५ लाख ६७ हजार ६०० कित्ताका लागि आवेदन दिएका थिए ।

धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार कुल १ अर्ब ६५ करोड ६७ लाख ६० हजार रुपैयाँ बराबरको आवेदन परेको थियो ।  

रु. १००/– अंकित दरका ३३ लाख ९८ हजार ४६ कित्ता शेयरमध्ये ६७,९६१ कित्ता अर्थात २ प्रतिशत शेयर कर्मचारीहरुको लागि, १,६९,९०२ कित्ता अर्थात ५ प्रतिशत शेयर सामूहिक लगानी कोषहरुको लागि सुरक्षित गरी बाँकी रहने ३१ लाख ६० हजार १ सय ८३ कित्ता साधारण शेयरको सार्वजनिक निष्काशन गरिएको थियो । 

तलको लिंकमा पनि क्लिक गर्नुहोस्

एनआरएन इन्फ्रास्टक्चरको आईपीओमा माग भन्दा ५.२४ गुणा बढी आवेदन

एनआरएन इन्फ्रास्टक्चरको आईपीओ आजदेखि, कहिलेसम्म भर्न पाइन्छ ?

Advertisement

Advertisement