सुनको मूल्य ओरालो, आज प्रतितोला ८ सय रुपियाँ घट्यो

Advertisement

काठमाडौँ । साताको पहिलो दिन आइतबारदेखि सुनको मूल्य ओरालो लागेको छ । आज पनि सुनको मूल्य प्रतिलोला ८ सय रुपियाँ घटेको छ । गत आइतबार प्रतितोला ९ सय रुपियाँ घटेको सुनको मूल्य हिजो सोमबार प्रतितोला २ सय रुपियाँ घटेको थियो । आज चाँदी भने प्रतितोला ४० रुपियाँ बढेको छ । आइतबार प्रतितोला ५ रुपियाँ बढेको चाँदीको मूल्य हिजो भने प्रतितोला १५ रुपियाँ घटेको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार ६ सय रुपियाँ, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १ हजार १ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला एक हजार ४ सय ३५ रुपियाँमा निर्धारण गरिएको छ । 

Advertisement

हिजो छापावाल सुन प्रतितोला १ लाख २ हजार ४ सय रुपियाँ, तेजावी सुन प्रतितोला १ लाख १ हजार ९ सय रुपियाँ र चाँदी  प्रतितोला एक हजार ३ सय ९५ रुपियाँमा कारोबार भएको थियो ।  

आइतबार भने छापावाल सुन प्रतितोला १ लाख २ हजार ६ सय रुपियाँ, तेजावी सुन प्रतितोला १ लाख २ हजार १ सय रुपियाँ र चाँदी प्रतितोला एक हजार ४ सय १० रुपियाँमा कारोबार भएको थियो । 

Advertisement

Advertisement