कतार च्यारिटी र इस्लामिक रिलिफले क्वारेन्टाइन सेन्टरमा  वितरण गरे स्वास्थ्य सामाग्री

Advertisement

काठमाडौँ । कतार च्यारिटी र इस्लामिक रिलिफले कोरोना रोकथाम तथा नियन्त्रणको लागि स्वास्थ्य सामग्री वितरण तथा सरसफाई कार्यक्रम गरेका छन् ।  दुवै गैह्र सरकारी संस्था मिलेर तराईका ४ जिल्लाका ८० क्वारेन्टाइन सेन्टरमा स्वास्थ्य सामग्री वितरण तथा सरसफाई कार्यक्रम गरेका हुन् । 

बिशेषगरी भारतबाट आएका नेपालीहरुलाई राखिएको सर्लाही, रौतहट, बाँके र बर्दियाका २० २० वाट क्वारेन्टाइनमा कोरोना रोकथाममा प्रयोग हुने स्वास्थ्य सामग्री वितरण गरिएको कतार च्यारिटी नेपालका परियोजना प्रबन्धक इर्शाद अलि शेखले बताए ।
 
च्यारिटिका प्रबन्धक शेखकाअनुसार च्यारिटी र इस्लामिक रिलिफ मिलेर आप्रवासीका लागि कोभिड प्रतिरक्षा क्षमता सुध्रिकरण कार्यक्रम अन्तर्गत उक्त सहयोग गरिएको हो । 
उक्त कार्यक्रम अन्तर्गत ८० वटा क्वारेन्टाइनमा अस्थायी भनीएपनि १० बर्षसम्म टिक्ने ८० वटा शौचालय, ह्यान्ड वाशिंङ्ग स्टेशन ९२ वटा, ८० वटा डीस इन्फेकट लिक्विड, क्वारेन्टाइन सेन्टरमा बसेका १० हजार ५५० जनालाई कोरोना रोकथाम स्वास्थ्य सामग्री, १ हजार महिलालाई डिग्निटी किट वितरण गरिएको छ । 

Advertisement

क्वारेन्टाइनमा बस्नेहरुका लागि शुद्द पानी पिलाउने उदेश्यले दुवै संस्थाले पानी शुद्धिकरण पिउस झोल वितरण गरेका छन् भने क्वारेन्टाइन बस्नेहरुलाई बाल्टी जग लगायतका सामग्री समेत वितरण गरिएको छ । 

त्यस्तै उक्त कार्यक्रम अन्तर्गत बाँके, बर्दीया, सर्लाही र रौतहटका बिभिन्न रेडियो तथा एफएमहरुमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि सचेतना जगाउने रेडियो जिंगल प्रचार तथा प्रसार गर्ने काम भएको छ । 

त्यस्तै कोरोना संक्रमण बढी देखिएका जिल्ला मध्येका बाँके र बर्दियामा टेलिभिजन सो मार्फत पनि कोरोना रोकथाम तथा नियन्त्रणबारे सचेतना कार्यक्रम गरिएको छ । उक्त कार्यक्रममा नेपालगंजका उपमेयर, जिल्ला स्वास्थ्य प्रमुख र स्थानीय संस्थाहरुको उपस्तिथी थियो । 

कोरोना रोकथाम तथा नियन्त्रणका लागि गैर सरकारी संस्थाले गरेको यस प्रकारको कार्यक्रम सम्भवत पहिलो हो । उक्त कार्यक्रम च्यारिटी र रिलिफले युकेको स्टार्ट नेटवर्कको आर्थिक सहयोगमा गरेका हुन् । 

तीन बर्षअघि मात्र नेपालमा आफ्नो कार्यक्षेत्र बिस्तार गरेको कतार च्यारिटीले बिभिन्न अप्ठारोमा नेपालमा सहयोग गर्दै आएको छ। अरब मुलुकको सवैभन्दा ठुलो  गैह्र सरकारी संस्था मध्यको एक संस्था, कतार च्यारिटीले विश्वका करिव ३० भन्दा बढी मुलुकमा आफ्ना विकास निर्माण कार्यहरु सञ्चालन गर्दै आइरहेको छ ।
 

Advertisement

Advertisement