चौधरी फाउण्डेशनले सरकारलाई हस्तान्तरण गर्यो ८ वटा भेन्टिलेटर

Advertisement

काठमाडौँ । चौधरी फाउण्डेशनले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि चौथो चरणको सहयोग अन्तर्गत आज ८ वटा भेन्टिलेटर हस्तान्तरण गरेको छ ।

फाउण्डेशनले आज स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई उक्त स्वास्थ्य उपकरण हस्तान्तरण गरेको हो । 

Advertisement

यसैबीच चौधरी ग्रुपका अध्यक्ष बिनोद चौधरीले कोभिड–१९ का गम्भीर बिरामीहरुका लागि अत्यावश्यक भेन्टिलेटर सहयोग गर्न पाएकोमा सन्तोष लागेको बताए । 

विपतका बेला चौधरी फाउन्डेसनले सधैं समाजसँग सहकार्य गर्दै आएको छ । यसअघि फाउन्डेसनले पहिलो, दोस्रो र तेस्रो चरणमा गरी मुलुकभरका ११९ स्वास्थ्य संस्थामा व्यक्तिगत सुरक्षा सामग्री, एन९५ मास्कसँगै सरकारलाई १००० थान पीसीआर रिएजेन्ट सहयोग गरेको थियो ।

Advertisement

Advertisement