शेयर बजारमा ‘करेक्सन’, ६.६१ अंकले नेप्से घट्दा अजोडका शेयरधनीले कमाए सबैभन्दा बढी

Advertisement

काठमाडौँ । साताको पहिलो र दोश्रो दिन उकालो लागेको शेयर बजार आज तेश्रो दिन भने ‘करेक्सन’ भएको छ । आइतबार ११.३० अंक र सोमबार ३७.७४ अंकले बढेको शेयर बजार आज भने ६.६१ अंकले घटेको हो ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)का अनुसार आज ०.४६ प्रतिशतले बजार घट्दा परिसूचक १४२३.८१ अंकमा झरेको छ । आज १९० कम्पनीका ३६ लाख ३० हजार ८ सय ४५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २७ करोड, १७ लाख ३८ हजार ९ सय १४ रुपियाँ बराबरको कारोबार भयो । 

Advertisement

आज म्युचुअल फण्डमा हरियाली छायो भने अरु सबै समूह राताम्मे भएको नेप्सेले जनाएको छ ।

अजोड इन्स्योरेन्स लिमिटेडका शेयरधनीहरुले आज सबैभन्दा बढी ९.०४ प्रतिशतले नाफा कमाए ।

आज पनि सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीकै शेयर किनबेच भयो । पुनर्बीमा कम्पनीको १२ करोड १६ लाख ७ हजार ८ सय ६ रुपियाँ बराबरको शेयर किनबेच भएको हो । 

Advertisement

Advertisement