शेयर किनबेच गर्न ब्रोकर कहाँ कम जानूः नेप्से

Advertisement

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले कोरोना महामारी संक्रमणलाई न्यूनीकरण गर्न सदस्य दलालहरुले गर्नु पर्ने काम कारवाहीका लागि भौतिक उपस्थितिलाई कम गर्न आग्रह गरेको छ । नेप्सेले आज विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो ।

नेप्सेमा सदस्य दलालहरुले पेश गर्नु पर्ने कागजातहरु यथासंभव इमेलमार्फत अभौतिक रुपमा पठाउने, बैंक ग्यारेन्टी आफ्नो बैंक मार्फत इमेल पठाउन लगाउने, संस्थापक शेयरको कारोबार गर्न÷गराउन दलालहरुले आवश्यक सम्पूर्ण कागजात संकलन गरेपछि मात्र नेप्सेमा पेश गर्ने, सूचीकृत कम्पनीहरुले सूचीकरण नबीकरण वार्षिक शुल्क विद्युतीय माध्यमबाट भुक्तानी गर्ने, सूचीकरण सम्झौता अनुरुपका जानकारी तथा विवरणहरु इमेलमार्फत पठाउन नेप्सेद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ । 

Advertisement

त्यसैगरी पूँजीगत लाभ कर प्रमाणीकरण शिफारिशका लागि पेश गर्ने निवेदन आवश्यक सम्पूर्ण कागजात संकलन भइसकेपछि मात्र नेप्सेमा पेश गर्ने, सदस्य दलालहरुले कार्यालय सञ्चालन गर्दा नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनले कोरोना महामारी नियन्त्रणका लागि अपनाउनु पर्ने सावधानीका सम्बन्धमा जारी गरेका निर्देशन तथा सिफारिशहरु कडाईका साथ पालना गर्ने र धितोपत्र कारोबारका सन्दर्भमा लगानीकर्ताहरुलाई अनलाइनको प्रयोग गर्न प्रोत्साहित गर्ने नेप्सेका प्रवक्ता मुराहरि पराजुलीद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।  

Advertisement

Advertisement