कोरोना संक्रमित भारतीय पूर्वराष्ट्रपति मुखर्जीको अवस्था गम्भीर, कोमामा राखियो

Advertisement

काठमाडौं । कोरोना संक्रमित भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्यस्थिति थप बिग्रिएपछि कोमामा राखिएको छ । नयाँ दिल्लीस्थित उनको उपचार भइरहेको आर्मी रिसर्च एण्ड रेफरल हस्पिटलमा राखिएका उनलाई अस्पतालले बिहीबार बिहान कोमामा राखिएको बताएको हो । 

स्वास्थ्यमा समस्या देखिएपछि गत सोमबार अस्पताल गएका उनमा कोरोना पोजेटिभ देखिएको थियो । रिपोट पोजेटिभ आएपछि ट्वीट गर्दै उनले आफू संक्रमित भएको र आफूसँग सम्पर्कमा आएकाहरुको पनि परीक्षण गर्न आग्रह गरेका थिए । 

Advertisement

भारतमा मुखर्जीको मृत्युको हल्ला फैलिरहेको बेला उनको परिवारले त्यो कुरा सत्य नभएको बताएको छ । मुखर्जीको स्वास्थ्य गम्भीर तर स्थिर रहेको अस्पताललले बताएको छ । उनको ब्रेन सर्जरी पनि गरिएको थियो । मुखर्जी यसअघिका भारतका राष्ट्रपति हुन् । 

Advertisement

Advertisement