लक्ष्मी बैंकको २ नयाँ एक्स्टेन्सन काउण्टर विस्तार

Advertisement

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा दोलखामा दुई वटा आफ्नो एक्स्टेन्सन काउण्टर स्थापना गरेको छ । यीसहित बैंकको आफ्नो एक्स्टेन्सन काउण्टर संख्या सात पुगेको छ । 

बैंकले तामाकोशी गाँउपालिका– जाफेमा र कालिञ्चोक गाँउपालिका– ८, सुनखानीमा यी काउन्टरहरु स्थापना गरेको हो । लक्ष्मी बैंकको ४८ जिल्लामा १२१ शाखा, चार हस्पिटल सेवा काउन्टर, १५१ एटिएम, दुई हजार पाँचसय भन्दा बढि रेमिटान्स एजेन्ट तथा ६१ शाखारहित बैंकिङ एजेन्टहरु पुगेको छ ।
 

Advertisement

Advertisement

Advertisement