पब्लिक कम्पनीमा रुपान्तरण भएको एनसेल आजियाटाले ल्यायो ‘अल्ट्रा वाइफाइ सिम प्लस’

Advertisement

काठमाडौं । आफ्नो घर तथा साना कार्यलयको प्रयोजनका लागि उपभोक्ताले अब झन्झटरहित र सुलभ वाइफाइ सेवा लिन सक्ने एनसेल आजियटा लिमिटेडले जनाएको छ । एनसेल आजियाटा (पहिले एनसेल प्राइभेट लिमिटेड)ले चौथो पुस्ताको मोबाइल सेवा फोरजी/लङ्गटर्म इभोलुसन (एलटिई) नेटवर्क विस्तार गरिएका देशका सबै स्थानमा उपलब्ध हुनेगरी ‘अल्ट्रा वाइफाइ सिम प्लस’ सेवा ल्याएको छ ।

पब्लिक कम्पनीमा रुपान्तरण हुनुपर्ने अनिवार्य व्यवस्थाअनुसार एनसेल पब्लिक कम्पनी हुँदै एनसेल आजियाटा लिमिटेड भएको हो । यसअघि दुई सञ्चालक रहेको कम्पनीमा अहिले अहिले पाँच जना थपिएका छन् । नयाँ सञ्चालकहरुबारे भने कम्पनीले खुलाएको छैन् । पाँच करोड रुपियाँभन्दा बढि चुक्ता पुँजी रहेका दूरसञ्चार सेवा प्रदायक कम्पनीहरु अनिवार्य पब्लिक कम्पनीमा जानुपर्ने नयाँ कानुनी व्यवस्था छ । पब्लिक कम्पनीमा रुपान्तरण हुने प्रक्रिया सुरु मात्रै भएको कम्पनीले जनाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक सन्तोष पौडेलका अनुसार एनसेलले आफूहरु पब्लिक कम्पनी भएको जानकारी दिएपछि आफूहरुले कम्पनीको प्रवन्धपत्र, नियमावली र नयाँ सञ्चालकहरुको विवरण पठाउन पत्र पठाइएको छ । 

Advertisement

एनसेलले अल्ट्रा वाइफाइ सिम प्लस उपभोक्ताका लागि मासिक ४० जीबी डेटा भोलुम बन्डलसहितको एक विशेष सिम कार्ड भएको जनाएको छ । वाइफाइ सेवाका लागि बन्डल डेटाबाहेक ग्राहकले यो सेवा अन्तर्गत दुई वटा सिम पाउँछन् जसमा प्रत्येक महिना डेटा, अन नेट टक टाइम र डिजिटल कन्टेनहरु बन्डल सेवाका रुपमा पाइने कम्पनीले जनाएको छ ।   

आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत वायरलेस कनेक्टिभिटीको बढ्दो मागलाई सम्बोधन गर्न देशैभर विस्तार गरिएको फोरजी नेटवर्कमा रहेका उपभोक्ताकालाई लक्षित गर्दै एनसेलले यो सेवा ल्याएको हो । 
 
ग्राहकले यस योजनाअन्तर्गत पाइने सिम कार्डलाई आफ्नो मोबाइल ह्याण्डसेट अथवा कुनै पनि फोरजी सर्पोट गर्ने डिभाइस, मीफी डिभाइस वा वायरलेस डिभाइसमा यो सिम राखि डेटा कनेक्टिभिटी र वाइफाइ हटस्पटको फाइदा लिन सक्छन् । ग्राहकले यस सिमलाई फोरजी डिभाइसमा राखेपछि सबै भन्दा नजिकैको फोरजी टावरसँग यो सिम कनेक्ट हुन्छ र यो टावरले सेवा प्रदान गर्ने क्षेत्रभित्र यो वाइफाइ सेवा उपलब्ध हुनेछ । 

“सबै फोरजी कभरेज एरियामा रहेका उपभोक्ताका लागि बन्डल सेवा सहित सुलभ र झन्झट रहित ‘अल्ट्रा वाइफाइ सिम प्लस’ योजना ल्याउन पाएकोमा हामी हर्षित छौं,” एनसेल आजियाटाका चीफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले भने । “घर तथा साना व्यवसाय लक्षित यस सेवाले धेरै भन्दा धेरै उपभोक्तालाई इन्टरनेटमा पहँुच प्रदान गर्दै उनीहरुलाई कनेक्टिभिटीले ल्याउने अवसरहरुसँग जोड्न योगदान गर्ने विश्वास लिएका छौं ।”

यो सेवाको शुल्क वार्षिक शुल्क योजना अन्तर्गत कर बाहेक मासिक रु ४३० रहेको छ । ग्राहकले यस अल्ट्रा वाइफाइ सिम प्लस सेवामा वायरलेस डेटा सेवाका लागि मासिक रुपमा ४० जीबी वायरफ्री प्लस डेटा पाउँछन् । यसका साथै बन्डल प्याकेजका रुपमा प्रत्येक महिना ५ जीबी डेटा, ५० मिनेट अन नेट टक टाइम र प्रभु टिभी र दामी म्युजिक डिजिटल सेवाहरु पाइने दुई वटा फोरजी सिम पाउँछन् ।

हप्ताको सातै दिन, २४ सै घन्टा उपलब्ध हुने ग्राहक सेवा यो सेवाको अर्को विषेशता रहेको छ । यस अघि साउन २० गते एनसेल आजियाटाले राउटरको प्रयोग मार्फत उपलब्ध हुने र तुलनात्मक रुपमा धेरे डेटा सेवाको आवश्यकता रहेका ग्राहकहरुलाई ध्यानमा राखी ४० भन्दा बढि जिल्लाहरुमा उपलब्ध हुनेगरी आकर्षक वायरफ्री प्लस वाइफाइ सेवा संचालनमा ल्याएको थियो । यो योजनामा ग्राहकले सिम कार्ड, डिभाइस, डेटा, भ्वाइस, डिजिटल कन्टेन्ट लगायत सेवाहरु सहितको बन्डल सेवा पाउँछन् ।

अल्ट्रा वाइफाइ सिम प्लस सेवा अन्तर्गत पाइने सेवाहरु हरेक ३० दिनको साइकलमा प्राप्त हुनेछन् । ३० दिनको समयावधि भित्र प्रयोग गरि नसकेको वा बाँकी सेवाहरु अर्को नयाँ ३० दिनमा थप हुने अर्थात जोडिने छैन ।

आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत नै रही एनसेल आजियाटाले वायरफ्री प्लस वाइफाइ, आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ननस्टप युट्युब प्लसका साथै एण्डलेस कुराकानी प्लस र सजिलो सिम प्लस सेवा ल्याइसकेको छ र ग्राहकका लागि अझै धेरै सेवाहरु ल्याउँदै जानेछ । ‘प्लस’ थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहँुच सुनिश्चित गराउने उदेश्य लिएको छ । 

इच्छुक ग्राहकले नजिकैको एनसेल सेन्टर गई आवश्यक प्रक्रिया पुर्याई सजिलैसँग यो सिम लिन सक्छन् । यो सेवाको बारेमा थप जानकारीको लागि एनसेल आजियाटाका ग्राहकले कल सेन्टर नम्बर ९००८ मा डायल गरी जानकारी लिन सक्नेछन् भने अन्य इच्छुक ग्राहकले ९८०९००८००० मा डायल गरी आवश्यक जानकारी लिन सक्नेछन् ।
 

Advertisement

Advertisement