नेपाल एसबीआई बैंकको सीईओमा दीपककुमार डे नियुक्त

Advertisement

काठमाडौँ । नेपाल एसबीआई बैंकको प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा दीपककुमार डे नियुक्त भएका छन् । 

बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले डेलाई प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव भीष्म नेउपानेले जनाएका छन् । 

Advertisement

बैंकको शेयरधनी स्टेट बैंक अफ इण्डियाको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गरी प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा रहेका अनुकूल भट्नागरको कार्यकाल समाप्त भएपछि डे लाई उक्त पदमा नियुक्त गरिएको कम्पनी सचिव न्यौपानेले जनाए । 
 

Advertisement

Advertisement