प्रभु बैंकको २० लाख कित्ता ऋणपत्र बाँडफाँड

Advertisement

काठमाडौं । प्रभु बैंकले निष्काशन गरेको ‘१० प्रतिशत प्रभु बैंक डिबेन्चर २०८४’ को रु. १ हजार अंकित दरको २० लाख कित्ता ऋणपत्र आज बाँडफाँड गरेको छ । सर्वसाधारण समूहबाट ३७ करोड ९१ लाख ३४ हजार रुपियाँ र व्यक्तिगत तवरबाट १ अर्ब अर्ब ५८ करोड ८ लाख ६६ हजार रुपियाँ निष्काशन रकमका लागि आज निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड कार्यालय नक्सालमा बाँडफाँड गरिएको हो । 

नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा साउन १९ गतेदेखि २३ गतेसम्म उक्त ऋणपत्र सर्वसाधारण तथा व्यक्तिगत तवरमा खरीद बिक्रीका लागि आह्वान गरिएको थियो । सो मध्ये १२ लाख कित्ता डिबेन्चरले हुन आउने कूल रु. १ अर्ब २० करोड ऋणपूँजी रकम बरावरको विभिन्न व्यक्ति वा संघ संस्थाहरुलाई व्यक्तिगत तवरबाट र ८ लाख कित्ता डिबेन्चरले हुन आउने कूल रु. ८० करोड ऋण पूँजी रकम (५% अर्थात ४०,००० युनिट सामुहिक लगानी कोषका लागि बाडँफाँट गरी) बाँकी रहेको ७,६०,००० कित्ता डिबेन्चर सर्वसाधारण नेपालीहरुको लागि निष्काशन खुल्ला गरिएको हो ।

Advertisement

निर्धारित अवधिभित्र सर्वसाधारण समूहलाई ७ लाख ६० हजार कित्ता ऋणपत्र खरीद आह्वान गरिएकोमा २,३०८ जना आवेदकहरुबाट कूल ७ लाख तीस हजार तीन सय पैँसट्ठी कित्ता ऋणपत्रको लागि आवेदन प्राप्त भएको थियो । त्यस मध्ये ४१७ जना आवेदकहरुबाट आवेदन पर्न आएको जम्मा ३ लाख एकाउन्न हजार दुई सय एकतीस कित्ता ऋणपत्र विभिन्न कारणवश रद्द भएको हुँदा रितपूर्वक १,८९१ जना योग्य आवेदकहरुलाई मात्र निजहरुले माग गरे बमोजिम नै बाँडफाँड गरिएको हो । 

रितपूर्वक १,८९१ जना योग्य आवेदकहरुलाई कूल ३ लाख ७९ हजार १ सय ३४ कित्ता ऋणपत्र बाँडफाँड गरिएको हो । व्यक्तिगत तवरबाट १२ लाख कित्ता ऋणपत्र खरीद आह्वान गरिएकोमा ४५ जना योग्य आवेदकहरुलाई सर्वसाधारण समूहबाट बाँकी रहेको ३ लाख ८० हजार ८ सय ६६ कित्ता समेत गरी १५ लाख ८० हजार ८ सय ६६ कित्ता ऋणपत्र बाँडफाँड गरिएको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले जनाएको छ । प्रभु बैंक लिमिटेडका ऋणपत्रमा माग गरिएको भन्दा ३.०७ गुणा बढीले आवेदन परेको थियो । 
 

Advertisement

Advertisement