सिन्धुपाल्चोकमा ठूलो पहिरो, ३८ जना सम्पर्कविहीन

Advertisement

सिन्धुपाल्चोक । जुगल–२ लिदिको लामा टोलको पहिरोमा परी ३८ जना बेपत्ता भएका छन् । शुक्रबार बिहान गएको पहिरोमा पहिरोमा उनीहरु हराइरहेको स्थानीय जनप्रतिनिधिहरुले जानकारी दिएका छन् । 

स्थानीय एक जनप्रतिनिधि प्रताप लामाका अनुसार आज बिहानै गएको पहिरोमा ठूलो जनधनको क्षति भएको र घाइतेहरूलाई उद्दार गरी उपचारका लागि पठाउने काम भएको छ । सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा हराइरहेकाहरुको खोजीकार्य भइरहेको जनाइएको छ । 

Advertisement

पहिरो खसेको खबरपछि सिन्धुपाल्चोकबाट साँसद भएका सभामुख अग्नी सापकोटा पनि घट्नास्थल आइपुगेका छन् । प्रहरीको विवरणअनुसार पहिरोले ३७ घरमा क्षति पुर्याएको प्रारम्भिक अनुमान छ ।

Advertisement

Advertisement