सुर्या लाइफको नाफा २५.९३ र बजार १३.३३ प्रतिशतले बढ्यो

Advertisement

काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्स कम्पनीले नाफा र बजार विस्तार दुबैमा सुधार गरेको छ । कोरोना संक्रमणले महामारीको रुप लिईरहको समयमा पनि कम्पनीले नाफा र बजारीकरण दुबै पक्षमा सकारात्मक सुधार हासिल गरेको हो । 

कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ मा बीमांकीय मूल्यांकन अघि २६ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । आव २०७५/७६ मा कम्पनीको त्यस्तो नाफा २० करोड ८६ लाख रुपैयाँ मात्रै थियो । कम्पनीले ५ करोड ४१ लाख अर्थात २५.९३ प्रतिशतले नाफा बढाएको हो । 

Advertisement

२०७५/७६ मा दुई अर्ब ५५ करोड बीमा शुल्क संकलन गरेको कम्पनीले गत आव २०७६।७७ मा त्यसलाई पनि बढाएर दुई अर्ब ८९ करोड रुपैयाँ पुर्याएको छ । कोरोनाको विषम परिस्थितिमा पनि आफ्नो बीमा शुल्क ३४ करोड अर्थात १३.३३ प्रतिशतले वृद्धि गरेको हो । 

कम्पनीले हालसम्म तीन लाख ९ हजार ८ सय ८७ वटा बीमा लेख बिक्रि गरेको छ । कम्पनीले प्रति हजार ३८–७३ रुपैयाँको बोनस दर घोषणा गरेको छ । दुई अर्ब १५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जीवन बीमा कोषमा ७ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । 

कम्पनीको प्रति सेयर आम्दानी १२.१९ रुपैयाँ रहँदा प्रति सेयर नेटवर्थ भने १२८.०७ रुपैयाँ रहेको छ ।

Advertisement

Advertisement