‘साप्ताहिक पत्रिकाको पत्रकार हुँ’ भन्दै सीआईबी नाममा रु. पाँच लाख अशुल्न खोज्ने पक्राउ

Advertisement

काठमाडौं । आफू आलोचना साप्ताहिकको समाचारदाता भएको बताउँदै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई देखाएर रु. छ लाख रुपियाँ अशुल्न खोज्ने एक जनालाई सीआईबीले नै पक्राउ गरेको छ । 

धादिङ, निलकण्ठ नगरपालिका– १४ घर भई तारकेश्वर नगरपालिका–११, नेपालटारमा डेरा लिई बस्ने ३६ बर्षीय शंकर अधिकारीले काठमाडौका एक व्यवसायीलाई ‘अख्तियारमा मुद्दा परेको छ, उक्त मुद्दा सदर भई पक्राउको लागि सीआईबीमा पत्राचार भएको छ । मुद्दा हेर्ने सीआईबीका इन्सपेक्टरले पाँच लाख रुपियाँ दिएमा मुद्दा ढुस (रद्द) बनाउने नत्र कुनै पनि समयमा प्रहरीले पक्राउ गर्छ’ भन्दै रकम अशुल्न खोजेको सीआईबीको भनाई छ । 

Advertisement

व्यवसायीलाई डर, त्रास देखाई, सीआईबीको नाममा रकम असूल गरी ठगी गर्न खोज्ने अधिकारीलाई बसुन्धराबाट पक्राउ गरिएको हो । उनले अन्य व्यक्तिहरुलाई समेत विभिन्न बहानामा ठगी गरेको हुन सक्ने भन्दै प्रहरीले थप अनुसन्धान भईरहेको र आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा पठाईएको सीआईबीले जनाएको छ । 

Advertisement

Advertisement