दशैंका लागि तीन हजार खसी बोका च्याँग्रा ल्याउने तयारीमा सरकारी कम्पनी

Advertisement

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आगामी दसैंलाई लक्षित गरेर तीन हजार खसीबोका र च्याङ्ग्रा खरिद गर्ने भएको छ । बजार मूल्य नियन्त्रण गर्नका लागि कम्पनीले यो वर्ष तीन हजारको संख्यामा खसीबोका र च्याङ्ग्रा खरिद गर्न लागेको हो । दसैंमा उपत्यकामा खसीबोकाको खपत धेरै हुँदा व्यवसायीले बढी मूल्य निर्धारण गरी उपभोक्ता ठग्ने प्रवृत्ति रोक्न हरेक वर्ष खसीबोका खरिद गरी ल्याउने गर्दछ ।

कम्पनीले यस वर्ष १ हजार ६ सय खसीबोका र १ हजार ४ सय च्याङ्ग्रा खरिद गर्न लागेको कम्पनीले जानकारी दिएको छ । च्याङ्ग्रा र खसीबोका खरिद गर्नका लागि कम्पनीले ५९ करोड ९८ लाख ४ हजार रुपैयाँ रुपियाँ बजेट विनियोजन गरेको छ । दसैंमा उपत्यकामा खसीबोकाको खपत धेरै हुने हुँदा निजी व्यवसायीले बढी मूल्य लिई उपभोक्ता ठग्ने हुँदा बजार मूल्य नियन्त्रण गरि उपभोक्तालाई सुपथ मूल्यमा उपलव्ध गराउनका लागि कम्पनीले प्रत्येक वर्ष खसीबोका खरिद गरी वितरण गर्दै आएको छ ।

Advertisement

कम्पनीका नायव महाप्रवन्धक श्रीमणिराज खनालले दसैंलाई लक्षित गरेर यो वर्ष तीन हजार संख्यामा खसीबोका र च्याङ्ग्रा खरिद गर्ने तयारी गरेको जानकारी दिए । बजार मूल्य नियन्त्रण गर्नका लागि कम्पनीले प्रत्येक वर्ष खसीबोका खरिद गरेर बिक्री गर्ने गरेको उनले जानकारी दिए ।

कम्पनीले गत वर्ष १८ करोड ७८ लाख ५ हजार रुपियाँ लागतमा एक हजार संख्यामा खसीबोका र ३८ करोड ३२ लाख २१ हजार लागतमा २ हजार संख्यामा च्याङ्ग्रा ल्याएर बिक्री गरेको थियो । गत वर्ष बजार मूल्यभन्दा १० रुपियाँ छुट दिएर कम्पनीले खसीबोका बिक्री गरेको थियो ।

कारोबार दैनिकबाट । 

Advertisement

Advertisement