इन्धन मूल्य फेरि वृद्धि

Advertisement

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजल र मट्टितेलको मूल्यमा प्रतिलिटर १–१ रुपियाँ बढाएको हो । 

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको जनाउँदै निगम प्रवक्ता विनितमणि उपाध्यायले मूल्य फेरि बढाउनु परेको बताएका छन् । स्वचालित मूल्य प्रणाली लागू गरेको निगमले यसअघि पनि पटक पटक लगातार पेट्रोलियम पदार्थको मूल्य बढाउँदै आएको थियो । 

Advertisement

मूल्य समायोजनपछि पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १०५ रुपियाँ, डिजेल र मटितेल ९१–९१ रुपियाँ कायम भएको छ । अरु इन्धनको मूल्य भने यथावत कायम राखिएको छ । 

Advertisement

Advertisement