डिसहोम कमेडी प्लसमा आउँदैछ किशोर भण्डारीको ‘अड्डा’

Advertisement

काठमाडौँ । लामो समय नेपाली टेलि सिरियलमा आफ्नो कलाकारिता/लेखन र निर्देशन गर्दै आएका किशोर भण्डारीले डिसहोमको कमेडी प्लस च्यानलमा नयाँ टेलिसिरियल ‘अड्डा’ लिएर आउँदै छन्  । 

अड्डा सामाजिक कथा हो, हरेक नागरिक कुनै न कुनै रूपमा अड्डा पुगेकै हुन्छ । अनि अड्डाका कर्मचारीबाट कस्तो दुःख पाउँछन्  भन्ने कुरा रमाइलो ढंगबाट देखाउने प्रयास गरिएको छ । 

Advertisement

अड्डामा किशोर भण्डारी ‘डिट्ठा साब’, रेश्मा तिमल्सिना ‘बुनुमैचा’, कृष्णभक्त महर्जन, रामप्रसाद श्रेष्ठ, लीला केसी पुष्प अवस्थी, समीर मिया, सुमा लामिछाने, कृष भण्डारी, शुभेच्छा पाण्डेय र सञ्जय लामा लगायतका कलाकारहरुले अभिनय गरेका छन् । कथा लेखन÷निर्देशन किशोर भण्डारी, छायांकन प्रवेश पोखरेल, सम्पादन दुर्लभ श्रेष्ठ र संगीत वसन्त सापकोटाको छ । 

हरेक शृंखला नयाँ कथा नयाँ कलाकारका साथमा एउटा नौलो प्रस्तुति हुने निर्देशक भण्डारीले बताए । 
 

Advertisement

Advertisement