बैंकका कर्मचारीलाई भोलीबाट समस्या आउँदैनः राष्ट्र बैैंक

Advertisement

काठमाडौं । बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुलाई भोलीबाट आवत जावतमा समस्या नहुने नेपाल राष्ट्र बैंकले जनाएको छ । निषेधाज्ञाको पहिलो दिन जिल्ला प्रशासनको सर्कुलर र ट्राफिक प्रहरीका बीचमा समन्वय नहुँदा समस्या उत्पन्न भएको बताउँदै शुक्रबारबाट त्यस्तो समस्या नआउने राष्ट्र बैंक नियमन विभागका प्रमुख देव कुमार ढकालले बताए ।

‘सम्बन्धीत निकायबीच अलिकति समन्वय अभाव देखियो, हामीले सबैसँग कुरा गरिसकेका छौं, भोलीबाट बैंकका कर्मचारीमाथी बाटोमा केरकार पनि हुन्न, आवत जावतमा समस्या पनि हुन्न’, कार्यकारी निर्देशक ढकालले भने । बिहिबार जिल्ला प्रशासन र ट्राफिकको समन्वय नहुँदा बैंकका कर्मचारीले दुःख पाएकाले त्यस्तो गल्ति सच्याउने प्रतिवद्धता सम्बन्धीत निकायले व्यक्त गरिसकेको पनि उनले बताए । 

बिहिबार बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुलाई ट्राफिक प्रहरीले बाटोमै रोकेर चोर फाटाहालाई जसरी केरकार गर्दै हुर्मत लिएको भन्दै बैंकर्स संघले कुनै पनि कार्यालय नखोल्ने निर्णय नै गरिसकेको छ । 
 

Advertisement

Advertisement

Advertisement