कवि फुँयालको काँधमा आइएमई लाइफको जिम्मेवारी, १३ वर्षकै करिअरमा सीईओ

Advertisement

 काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी कवि फुँयालले सम्हालेका छन् । कम्पनी सञ्चालक समितिको निर्णयलाई बीमा समितिले अनुमोदन गरेपछि फुँयालले आइतबारदेखि कार्यभार सम्हालेका हुन् । उनले आइतबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका थिए भने सोमबारदेखि नियमित कार्यालय आउने बताए । 

१३ वर्ष अघि लक्ष्मी बैंकबाट करिअर सुरु गरेका फुँयाल छोटो अवधीमा सिइओ बन्न सफल भएका हुन् । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा ३ वर्ष एक महिनासम्म चिफ मार्केटिङ अफिसरका रुपमा काम गरेपछि उनी आइएमई लाइफको कमाण्ड सम्हाल्न आईपुगेका हुन् । फुँयालले त्रिभुवन विश्वविद्यालयबाट एमबीएसम्मको अध्ययन गरेका छन् । कम्पनीको दिगो र विश्वसनिय प्रगतिका लागि काम गर्ने उनले बताए । 
 

Advertisement

Advertisement

Advertisement