प्रतिकुल अवस्थामा समेत रेमिटान्स आय उत्साहजनक

Advertisement

काठमाडौं । कोरोना भाइरस (कोभिड १९)को विश्वव्यापारी महामारी र यस महामारीका कारण विशेषगरी कामका लागि विदेशिएका नेपालीहरु प्रभावित भइरहेको बेलामा समेत विप्रेषण आय उत्साहजनक रहेको छ । 

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार विदेशबाट भित्रने रेमिट्यान्समा जममा ०.५ प्रतिशतको मात्रै गिरावट आएको छ । गएको आर्थिक बर्षमा आठ खर्ब ७५ अर्ब तीन करोड रुपियाँ विप्रेषण आय भएको छ । 

Advertisement

अघिल्ल्लो आर्थिक वर्ष २०७५–७६ मा १६.५ प्रतिशतले बढेको रेमिट्यान्स गत आर्थिक वर्ष २०७६–७७ मा ०.५ प्रतिशले घटेको हो । महामारी र लकडाउनका कारण नेपालीहरुले काम काम गर्ने खाडी र मध्यपूर्वका राष्ट्रहरुका साथै अन्य मुलुकहरुमा धेरैले रोजगारी गुमाउनु परेका समाचारहरु आइरहेका छन् । सोही कारण रोजगारी गुमाउनु परेका र अलपत्र परेकाहरुलाई स्वदेश फर्काउने कामसमेत भइरहेको छ । 

तर, विप्रेषण आयमा भने उत्साहजनक अवस्था कायम देखिएको छ । पछिल्लो समयमा वैदेशिक रोजगारीमा जानेको संख्यामा पनि निकै गिरावट आएको छ । आर्थिक वर्ष २०७६–७७ मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २०.५ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो संख्या ३२.६ प्रतिशतले घटेको थियो । 

Advertisement

Advertisement