सिडिएस एण्ड क्लियरिङमा नयाँ सीईओ नियुक्त

Advertisement

काठमाडौं । सिडिएस एण्ड क्लियरिङको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पूर्णप्रसाद आचार्य नियुक्त भएका छन् । सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आचार्यलाई चार वर्ष लागि सीईओ नियुक्त गरेको हो । 

सिडिएसको समेत अध्यक्ष रहेका नेपाल स्टक एक्सचेन्जका महाप्रवन्धक चन्द्रसिंह साउदका अनुसार छनोट समितिको सिफारिसका आधारमा आचार्यलाई नियुक्त गरिएको हो । समितिले सात जना आवेदकहरुमध्येबाट आचार्यसहित भीष्मराज चालिसे र कृष्ण गिरी गरी तीन जनाको नाम सिफारिस गरेको थियो ।

Advertisement

आचार्य कृषि विकास बैंकका अवकाश प्राप्त कर्मचारी हुन्। । 

Advertisement

Advertisement