बाबुराम भन्छन्– जुन सरकारको नीतिमा किसान र श्रमिक छैन्, त्यो कम्निष्ठ रे !

Advertisement

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले जुन सरकारको नीतिमा किसान र श्रमिक छैनन्, उनीहरुले आफूलाई कम्युनिष्ट भनेको आश्चर्य प्रकट गरेका छन् । 

मंगलबार ट्वीट गर्दै उनले कोरोनाको बीचमा पनि नेपाली अर्थतन्त्र २.२८ प्रतिशतले वृद्धि हुनुमा मुख्य कारण साना किसान बाहुल्य र कुल ग्राहस्थ उत्पादनको २७.६५ प्रतिशत ओगट्ने कृषि २.५९ प्रतिशतले बढ्नु र करिब त्यति नै योगदान गर्ने विदेशमा काम गर्ने श्रमिकले पठाएको रेमिट्यान्स नघट्नु भएको बताएका छन् । 

Advertisement

बाबुराम थप्छन्– तर किसान र श्रमिक विकास नीतिमा कतै छैनन । तैपनि सरकार कम्निष्ठ रे ! राजनीतिक मुद्दामा अरुलाई तिखो आलोचना गर्न सिपालु बाबुराम आफै पनि आलोचनाको पात्र बन्दै आएका छन् ।  

Advertisement

Advertisement