तरकारीको भाउ अस्वाभाविकरुपमा आकासिएपछि बाणिज्यको बजार अनुगमन, १४ फर्मलाई कारवाही

Advertisement

काठमाडौं । बजारमा तरकारीदेखि खाद्यान्नको भाउ अस्वाभाविकरुपमा आकाशिएपछि बाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको टोलीले मंगलबार काठमाडौं उपत्यका विभिन्न तरकारी तथा फलफूल बजारको अनुगमन गरेको छ । 

तिनकुने, जडिबुटी नरेफाँट र भक्तपुर चारदोबाटोका तरकारी तथा फलफूल व्यवसाय अनुगमनका लागि बिहानैदेखि परिचालित टोलीले १४ वटा व्यापारिक फर्महरुलाई अनुगमन, निरीक्षण तथा कारबाही गरी सुधारका लागि निर्देशन दिएको र केहीसँग कागजात माग गरिएको विभागले जनाएको छ ।

Advertisement

निषेधाज्ञाको बेला तरकारी, फलफूल, खाद्यान्नको भाउ घट्नुपर्नेमा दोब्बर वृद्धि भएपछि उपभोक्ता चर्को मारमा परेका छन् । व्यवसायीहरुले भने ठाउँ ठाउँमा भएका निषेधाज्ञाका कारण ढुवानीमा समस्या हुँदा बजार भाउ महंगिएको दावी गरेका छन् ।  
 

Advertisement

Advertisement