नेपाल आइडल सिजन ३ को बिजेता सज्जा चौलागाईं

Advertisement

काठमाडौं । सज्जा चौलागाईं नेपाल आइडल सिजन ३ को बिजेता बनेकी छन् । उनी मोरङकी हुन् । त्यस्तै प्रवीण बेडवाल फस्ट रनरअप भएका छन् भने किरण भुजेल दोस्रो बनेका छन् । शुक्रबारको ग्रान्ड फिनालेमा बिजेताहरु घोषणा गरिएको हो । 

ग्राण्ड फिनालेमा निर्णायक कोही पनि उपस्थित थिएनन् । नेपाल आइडल निर्माण टोलीका एक सदस्यलाई कोरोना पोजिटिभ देखिएसँगै सबैजना आइसोलेसनमा जानु परेका कारण अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले विजेता घोषणा गर्नुपरेको आयोजकको दावी छ । 

Advertisement

नेपाल आइडल बनेकी सज्जाले ५० लाख रुपियाँ पुरस्कार पाएकी छन् भने प्रवीणले १० र किरणले नगद पाँच लाख हात पारेका छन् । 

Advertisement

Advertisement