डाउन पिलुवा जलविद्युत आयोजनामा सिटिजन्स बैंकको अगुवाईमा १ अर्ब ३२ करोड लगानी

Advertisement

काठमाडौँ । रिभर फल्स् पावर लि. द्वारा प्रवद्र्धित संखुवासभा जिल्लाको धर्मदेवी र चैनपुर नगरपालिका स्थित डाउन पिलुवा खोला जलविद्युत आयोजनाको निर्माणको लागि सिटिजन्स बैंकको अगुवाईमा नेपाल इन्भेष्टमेन्ट बैंक र प्रभु बैंक सहभागी सहवित्तीयकरण मार्फत लगानी जुटाइएको छ ।

परियोजनाको अनुमानित लागत करीब रु. १ अर्ब ८९ करोड ४० लाखमा बैंकहरुले ७०ः३० को ऋणःस्वपुँजी अनुपातमा रु. १ अर्ब ३२ करोड बराबरको ऋण लगानी गर्नेछन् । यसमध्ये, सिटिजन्स बैंकबाट रु. ६५ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकबाट रु. ४२ करोड र प्रभु बैंकबाट रु. २५ करोड लगानी हुनेछ भने ३०% स्वपुँजी प्रवद्र्धकहरुबाट जुटाइने छ ।

Advertisement

कम्पनीले यस आयोजना २.५ बर्षभित्र निर्माण सम्पन्न गरी संचालनमा ल्याउने लक्ष्य राखेको छ । निर्माण सम्पन्न पश्चात उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको चैनपुरको बानेश्वर स्थित सबस्टेशनमा जोडिने छ । आयोजनाबाट बार्षिक ५७.६८५ गिगावाट घन्टा विद्युत उत्पादन हुन्छ । कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ५० गिगावाट घन्टा र वर्खामा ७.६८५ गिगावाट घन्टा विद्युत उत्पादन हुन्छ ।

सम्झौता हस्ताक्षरका अवसरमा सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले कोरोना भाइरसका कारण सिर्जित कठीन समयमा परियोजनाको वित्तीय व्यवस्थापन समापन गर्नु ठूलो उपलब्धी रहेको बताए । साथै सहभागी सबै बैंकहरुलाई आभार व्यक्त गर्दै प्रवद्र्धकहरुलाई थप उत्साहका साथ कार्य अगाडि बढाउन अनुरोध गरे । 

कम्पनीको तर्पmबाट कार्यकारी निर्देशकसुभाष अमात्यले सबै बैंकहरुलाई विशेष धन्यवाद दिदैं आयोजनाको निर्माण कार्यमा राम्रो प्रगति हासिल गरिसकेको जानकारी गराए । परियोजना समयमै निर्माण सम्पन्न गरी संचालनमा ल्याउने विश्वास पनि व्यक्त गरे । 
 

Advertisement

Advertisement