अर्थमन्त्रीको खल्लो बिदाई, सुस्त अर्थतन्त्रलाई कोभिडबाट असाधारण क्षति

Advertisement

काठमाडौं । गत आर्थिक वर्ष ०७६।७७ मा मुलुकको आर्थिक वृद्धि माइनस २ प्रतिशतभन्दा पनि कमजोर भएको छ । सरकारले साढे आठ प्रतिशतको लक्ष्य राखेको थियो, तर देशले ६० वर्षयताकै आर्थिक गिरावट भोगेको छ । 

तथ्यांक विभागले ०२२ देखि मुलुकको कुल गार्हस्थ्य उत्पादनको तथ्यांक राख्दै आएको छ । विश्व बैंकले भने वि.सं. ०१८ सालदेखिको तथ्यांक राखेको छ । मुलुकको कुल गार्हस्थ्य उत्पादनको तथ्यांक उपलब्ध भएदेखिको अवधिमा सबैभन्दा कमजोर आर्थिक वृद्धि गत आव ०७६।७७ मै भएको हो । यसअघि आव ०२३।२४, ०२७।२८ र ०२९।३० अर्थतन्त्र संकुचनमा गएको थियो । ती वर्षहरूमा क्रमशः माइनस १ दशमलव ५७ १ दशमलव ६४ र ० दशमलव ४९ प्रतिशतले अर्थतन्त्र संकुचनमा गएको विभागको तथ्यांक छ । भूकम्प र नाकाबन्दीका कारण आव ०७२।७३ मा आर्थिक वृद्धि ० दशमलव २ प्रतिशत मात्रै भएको थियो ।

Advertisement

जेठको पहिलो सातासम्म लकडाउन रहने अनुमानका आधारमा विभागले २ दशमलव ३ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो । तर, वृद्धिदर ऋणात्मक नै भएको छ । ‘लकडाउनका कारण करिब चार महिना मुलुक अधिकांशतः बन्द रहँदा त्यसले मुलुकको आर्थिक गतिविधिमा गम्भीर आघात परेको छ, सोही कारण आर्थिक वृद्धि ऐतिहासिक कमजोर भएको छ,’ केन्द्रीय तथ्यांक विभाग स्रोत भन्छ । आर्थिक वर्ष सकिएको डेढ महिना बिते पनि गत वर्षको अन्तिम तथ्यांक विभागले सार्वजनिक गरेको छैन । 

कोभिडले अर्थतन्त्रमा असाधारण क्षति पुर्याएको छ । कोभिड सुरु हुनुअघि पनि मुलुकको आर्थिक वृद्धि उत्साहजनक थिएन । 

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement