राष्ट्र बैंकले मुद्दति निक्षेपमा १ अर्ब ५० करोड लगानी गर्ने, बैंकहरुसँग माग्यो प्रस्ताव

Advertisement

काठमाडौँ  । नेपाल राष्ट्र बैंकले मुद्दति निक्षेपमा १ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने भएको छ । 

मुद्दति निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले भदौ २३ गते दिउँसो ४ बजेसम्म आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाएर केन्द्रीय बैंकमा पेश गर्नुपर्ने वित्त व्यवस्थापन विभागले प्रकाशित गरेको सूचनामा उल्लेख छ । 

Advertisement

राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब २० करोड रुपैयाँ, ‘ख’ वर्गको विकास बैंकमा २२ करोड ५० लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा ७ करोड ५० लाख रुपैयाँ लगानी गर्न लागेको जनाएको छ । 

उक्त रकम २०७७ असोज १ गतेदेखि २०७८ असार २० गतेसम्म मुद्दति निक्षेपमा लगानी गर्ने राष्ट्र बैंकले उल्लेख गरेको हो ।


 
 

Advertisement

Advertisement