झण्डै दुई लाख साना व्यवसाय सदाका लागि बन्द

Advertisement

काठमाडौं । कोरोनाका कारण सरकारले जारी गरेको लकडाउन तथा निषेधाज्ञाका कारण मुलुकका पौने दुई लाख साना उद्यमहरू सधैँका लागि पलायन भएका छन् । लघु तथा साना उद्यममध्ये २० प्रतिशत अब खुल्नै नसक्ने गरी विस्थापित भएको नेपाल घरेलु तथा साना उद्योग महासंघले जनाएको छ ।

मुलुकमा ९ लाख २३ हजार ३ सय ५६ उद्योग प्रतिष्ठानहरू रहेको तथ्यांक विभागको राष्ट्रिय आर्थिक गणनाले देखाएको छ । त्यसमध्ये घरेलु तथा साना उद्यम व्यवसाय ९ लाख १९ हजार ३ सय ११ रहेकोमा त्यसको २० प्रतिशत अर्थात् १ लाख ८४ हजार व्यवसाय स्थायी रूपमा बन्द भएको आकलन छ । 

Advertisement

कोरोना जोखिमका कारण भएको निरन्तरको लकडाउन र त्यसबाट सिर्जित विषम परिस्थितिले घरेलुु, साना तथा मझौला उद्यम–व्यवसाय पलायन नै हुने अवस्थामा पुुगेको घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष मोहन कटुवालले बताए । ‘देशभर महासंघका सदस्य ४ लाख १८ हजार छन्, तीमध्ये २० प्रतिशत कोरोनाकै कारण पलायन भएको अनुमान छ, समग्रतामा पनि यही अनुपातमा व्यवसायी विस्थापित भएको हुनुपर्छ,’ कटुवालले बताए । 

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement