सेयर बजार उकालो बाटोतर्फ, नेप्से दोहोरो अंकले बढ्यो

Advertisement

काठमाडौं । अर्थमन्त्रीबाट युवराज खतिवडाको बहिर्गमनसँगै अन्योलमा रहेको सेयर बजारमा क्रमस सुधार आउने संकेत देखिएको छ । साताका अधिल्ला दुई दिन घटेको सेयर बजार परिसुचक पछिल्ला दुई दिनमा भने सुधार हुँदै गएको छ । 

मंगलबार ७ अंकले बढेको नेप्से बुधबार १३ अंकले बढेको छ भने दुई अर्ब ५६ करोड रुपियाँको कारोबार भएको छ । लगानीकर्ताहरु अनलाइन कारोबारमा आवद्ध हुने क्रम बढेसँगै कारोबारमा पनि उत्साहजनक सुधार देखिन थालेको छ । व्यापार र निर्जीवन बीमा समूहका सुचकहरुमा उच्च वृद्धि देखिएको छ । अरु समूहहरुमा सुधार आउँदा पनि बाणिज्य बैंक र विकास बैंकमा भने गिरावट देखिएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नाफा मात्रै नखोज्न र तरलता बढि भयो भनेर नआत्तिन बैंकहरुलाई गरेको आग्रहको प्रभाव आजको कारोबारमा परेको देखिन्छ । 

Advertisement


 

Advertisement

Advertisement