कोरोना कहरमा राष्ट्रिय क्रिकेट टिमका पुरुष खेलाडीहरुले पाए गत बर्षदेखिको तलब

Advertisement

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट खेलाडीहरुलाई तलब दिएको छ । संघले पुरुष राष्ट्रिय टिमका २२ खेलाडीलाई तलब प्रदान गरेको जानकारी दिएको हो ।  लामो समयदेखि तलब कुर्दै आएका उनीहरुको खातामा बल्ल तलब हालिएको हो । 

क्रिकेट खेलाडीलाई तलब दिन भनेर अन्तर्राष्ट्रिय क्रिकट परिषद (आईसीसी)ले रकम पठाएको महिनौ भए पनि पैसा भुक्तानी गरिएको थिएन् । सन् २०१९ देखि तलब खान नपाएका क्रिकेट खेलाडीहरुले एकमुष्ठ तलब बुझेसँगै यस पटकको दशैं राम्रोसँग मनाउन पाउने भएका छन् । 

Advertisement

संघका अनुसार ग्रेड ‘ए’ का खेलाडीले मासिक ४५ हजार, ग्रेड ‘बी’ का खेलाडीले ३५ हजार र ग्रेड ‘सी’ का खेलाडीले २५ हजारका दरले तलब पाएका छन् । ग्रेड ‘ए’ मा ज्ञानेन्द्र मल्ल, पारस खड्का, विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी, करण केसी, सन्दीप लामिछाने, शरद भेषावकर र सोमपाल कामी छन् ।

त्यसैगरी, ग्रेड ‘बी’मा अभिनाष बोहरा, आरिफ सेख, वसन्त रेग्मी, ललितनारायण राजवंशी, पवन सर्राफ, रोहित पौडेल, सन्दीप झोरा र सुसन भारी, ग्रेड ‘सी’ मा इशान पाण्डे, कुलश भुर्तेल, कुशल मल्ल, प्रदीप ऐरी, राजु रिजाल र रसिद खान छन् ।

Advertisement

Advertisement