कोरोना विरुद्ध १८० भ्याक्सिन परिक्षणमा, कहिले आउँछ जीवन बचाउने बुटी ?

Advertisement

काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोरोना रोगसँग लड्न तयार पारिएका १८० वटा भ्याक्सिन परिक्षणको चरणमा रहेको जनाएको छ । विश्वका विभिन्न देश तथा निकायहरुले तयार पारेका ती भ्याक्सिनहरुको परिक्षण चलिरहेको तर क्लिनिकल ट्रायल भने कुनै पनि भ्याक्सिनले पुरा नगरेको पनि संगठनले जानकारी दिएको छ । संगठनले सन २०२१ को मध्यतिर कोरोना निको पार्ने भ्याक्सिन ल्याउने बताएको छ । 

यसैबची अक्सफोर्ड विश्वविद्यालय र एस्ट्रोजेनेकाले तयार पारेको भ्याक्सिनको परिक्षण पुनः सुरु गरिएको छ । परिक्षण गरिएका केहि बिरामीहरुमा  साइड इफेक्ट देखिएपछि परिक्षण रोकिएको थियो । शनिबारबाट पुनः परिक्षण सुरु गरिएको बीबीसीले लेखेको छ । कोरोना रोग विरुद्धको यो पहिलो भ्याक्सिन हुन सक्ने अपेक्षा पनि संगठनले गरेको छ । बेलायत, ब्राजिल र दक्षिण अफ्रिकका ३० हजार संक्रमितमा यो भ्याक्सिनको परिक्षण भैरहेको छ । 

रुसले कोरोना विरुद्ध तयार पारेको स्पुतनिक ५ भ्याक्सिनले रोग प्रतिरोधी क्षमता बढाएको प्रतिवेदन सार्वजनिक गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकी छोरीले कोरोना भ्याक्सिनको परिक्षण गराएकी थिइन् ।  रुसले सबै भन्दा पहिले भ्याक्सिन बनाउने घोषणा गर्दै आईरहेको छ । यद्यपी रुसको भ्याक्सिनमाथी विश्व स्वास्थ्य संगठनले भने आशंका जनाउँदै आएको छ । उता, अमेरिकी वैज्ञानिकहरुले पनि भ्याक्सिन बनाएर विभिन्न चरणमा परिक्षण गराईरहेका छन् ।

कोरोना विरुद्धको पहिलो भ्याक्सिन तयार पार्न रुस, चीन, बेलायत र अमेरिकाबीच तिब्र प्रतिष्पर्धा छ । विश्व स्वास्थ्य संगठनले भने सन २०२१ को मध्यसम्ममा कोरोना विरुद्धको भ्याक्सिन तयार भैसक्ने बताउँदै आईरहेको छ ।

Advertisement

Advertisement

Advertisement