काठमाडौँबाट साप्ताहिक रुपमा तीन उडान सुरु गर्ने कतार एयरवेजको घोषणा

Advertisement

काठमाडौँ । कतार एयरवेजले काठमाडौंबाट तीन साप्ताहिक उडानहरू पुनः सुरुवात गर्ने घोषणा गरेको छ । नेपालको राजधानी शहरदेखिको सेवाहरू यस एयरलाइनको अत्याधुनिक बोइङ ७८७ ड्रीमलाइनर विमान र एयरबस ए ३२० एयरक्राफ्टद्वारा सञ्चालित हुनेछ ।

नेपालको संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्रालयको निर्देश अनुसार नेपाली नागरिक, संयुक्त राष्ट्र विशेष संगठनहरू, विकास परियोजनाका साझेदारहरू र नेपालमा कार्यरत सबै दूतावासहरुमा कार्यरत यात्रुहरुले यात्रा गर्न पाउने छन् ।

Advertisement

साथै, नेपाल आउने सबै यात्रीहरूले निर्धारित उडान समयको ७२ घण्टा भित्र गरिएको आरटी–पीसीआर परीक्षणको नेगेटिभ रिपोर्टको साथै अनलाइन फारम पूरा गरेको हुनुपर्नेछ । 
 

Advertisement

Advertisement