व्यवसायलाई निःशुल्क डिजिटल माध्यममा जोडी व्यापार बढाउन आयो ‘वरिपरि एप’

Advertisement

काठमाडौँ । पटक–पटकको लकडाउन र निषेधाज्ञाले व्यवसाय थलिएको सन्दर्भमा डिजिटल माध्यम मार्फत ग्राहक माझ पुगेर आफ्ना वस्तु तथा सेवाको बिक्रि गर्नु पर्ने बाध्यात्मक अवस्थामा मोबाइल एप ‘वरिपरि’ सरल उपाय बनेर आएको छ । कुनै पनि ठाउँ आसपासका व्यवसायले प्रदान गर्ने वस्तु तथा सेवाका बारेमा ग्राहकलाई जानकारी दिन वरिपरि एप तयार गरिएको छ।

कुनै पनि व्यवसायीले आफ्नो पसल तथा अफिसको वस्तु वा सेवा बेच्न आफ्नो व्यवसायलाई विना लगानी वरिपरि एपमा दर्ता गर्न सक्छन् । यसरी व्यवसायी डिजिटल माध्यमबाट उपभोक्तासँग सजिलै पुगी व्यवसायको वृद्धि गर्न सक्ने वरिपरि नेपाल प्रालिका संस्थापक राज रेग्मी बताउँछन् । 

Advertisement

व्यवसाय दर्ता गर्न मोवाइलमा एप डाउनलोड गरि नाम र मोवाइल नम्बर राखेर एकाउन्ट खोल्न सकिन्छ । एकाउन्ट खोलेपछि ‘क्रिएट स्टोर’ मा गई आफ्नो व्यवसायको नाम र स्थान उल्लेख गर्नु पर्ने हुन्छ । जुनसुकै व्यवसाय वरिपरिमा दर्ता गर्न सकिने रेग्मीले बताए । 

वरिपरि  एपमा दर्ता गरेपछी व्यवसायीले आफ्नो सेवा अवधी तोक्न मिल्छ जसबाट ग्राहकले एपमा हेर्दा सो समयमा खुल्ला छ कि बन्द छ भनेर जानकारी लिन सक्छन् । होम डेलिभरिको व्यवस्था छ कि छैन अनि  भुक्तानीका विकल्पहरु (बैंक कार्ड, इ सेवा, खल्ति, सेल पे) के÷के छन् भनेर पनि एपमै उल्लेख गरेपछी ग्राहकलाई सहज बनाउन सकिन्छ ।

आजको प्रतिस्पर्धात्मक बजारमा व्यवसायलाई बजारीकरण गर्नको लागि ठूलो लगानी गर्नु पर्ने र क्षति समेत बेहोर्नु पर्ने समयमा वरिपरि एपले क्रेता र विक्रेतालाई एकै ठाउमा ल्याई सहजता प्रदान गर्ने रेग्मीले बताए । स्थानीय स्तरमा उत्पादित वस्तु तथा सेवाको उपभोग बढाउनु र ग्राहकको सपिङ सहजतामा ख्याल गर्नु वरिपरि एपको मुख्य लक्ष्य रहेको रेग्मीले बताए ।

आफ्नो नजिकैका ग्राहकलाई व्यवसायको बारेमा जानकारी प्रचार गर्न नसक्दा नजिकका ग्राहक पनि सेवा लिन टाढा जानु र ग्राहकको समेत समय र पैसा दुवैको क्षति हुन्छ । यहि समस्यालाई मध्यनजर गर्दै क्रेता र विक्रेतालाई डिजिटल माध्यमबाट एउटै ठाउमा ल्याउन मोबाइल एप ‘वरिपरि’ सुरु भएको रेग्मीले बताए । नयाँ ठाउँ पुगेका व्यक्तिलाई वरिपरि एप सपिङ गाइड नै बन्नेछ । 

Advertisement

Advertisement