मिडिया अनुसन्धान केन्द्रद्धारा मिडिया सर्वेक्षणका नाममा गलत तथ्य सार्वजनिक

Advertisement

काठमाडौं । मिडिया अनुसन्धान केन्द्र नामक एक संस्थाले मिडिया सर्वेक्षणका नाममा गलत तथ्य सार्वजनिक गरेको छ । सो संस्थाका अनुसार आफूहरुले इन्टरनेट प्रयोगकर्तामा गरेको सर्वेक्षणमा ९५ प्रतिशत सुचना गलत पाइने गरेको दावी गरिएको छ, जुन कुनै पनि हिसावले पत्यारिलो देखिन्न । 

सामाजिक सञ्जालमा आउने अधिकांश सुचनाहरु दैनिक पत्रपत्रिका, टेलिभिजन, अनलाइन पोर्टलका हुन्छन् । केही सुचनाहरु फेक वेभसाइट तथा ब्लगहरुबाट हुने गरे पनि त्यो संख्या मिडिया अनुसन्धान केन्द्रले दावी गरेजस्तो ठूलो मात्रामा देखिन्न । 

Advertisement

सो संस्थाले दावी गरेअनुसार इन्टरनेट प्रयोगकर्ताले ९५ प्रतिशत सुचना मिथ्या पाउने गरेको हो भने व्यवसायिकरुपमा सञ्चालित हरेक पत्रपत्रिका, अनलाइन पोर्टल, टेलिभिजनका समाचार सामग्रीहरु पनि मिथ्या हुनुपर्छ, जुन विल्कुलै अविश्वसनीय कुरा हो । 

मिडियाहरुमा ‘कपी पेष्ट’ (एकले प्रकाशन तथा प्रसारण गरेको समाचार अर्कोले चारेर प्रकाशन तथा प्रशासन गर्ने) प्रवृत्ति अझै पनि कायम रहे पनि त्यस्ता सुचनाहरुलाई मिथ्या भन्न मिल्ने देखिन्न । व्यवसायिकरुपमा नचल्ने विशेषगरी केही वेभसाइट तथा ब्लगहरुले आफ्ना सामग्रीलाई सामाजिक सञ्जालमा भाइरल बनाउन मिथ्या कुराहरु पोष्ट गर्ने, भएकै घटनालाई तोडमोड गरेर पोष्ट गर्ने गलत प्रवृत्ति रहे पनि पछिल्ला दिनमा निकै कमी आएको देखिन्छ । 

सामाजिक सञ्जाल प्रयोगकर्तामा आएको सचेतना, प्रेस काउन्सिलको सक्रियता जस्ता कुराहरुले सामाजिक सञ्जालमा मिथ्या सामग्रीहरु राख्ने क्रममा निकै कमी आएकाले केन्द्रले दावी गरेजस्तो ९५ प्रतिशत नभई १५–२० प्रतिशत इन्टरनेट प्रयोगकर्ता गलत सुचनाको शिकार भएको हुनसक्ने देखिन्छ । धेरै विश्लेषकहरुको अनुमान पनि त्यही छ । 

तर, केन्द्रले केही ठूला मिडियाको स्वार्थमा ९५ प्रतिशत इन्टरनेट प्रयोगकर्ता गलत सुचनाको शिकारको भन्दै उनीहरुलाई नै दिग्भ्रमित बनाउने काम गरेको छ । पछिल्लो समयमा सामाजिक सञ्जाल जनताको सुचनाको सहज र छिटो माध्यम बन्दै आएको छ । यूट्युवमा पनि अधिकांश सुचना सामग्रीहरु तिनै पत्रपत्रिका, टेलिभिजन, अनलाइन पोर्टलका सामग्री हुन्छन् । पछिल्ला दिन्नमा एक दुई जना मिलेर यूट्युव च्यानल सञ्चालन गर्ने र मानिसहरुका विचारहरु प्रस्तुत गर्ने प्रचलन बढेर गएको छ, जुन निकै लोकप्रिय पनि भएको छ । सामाजिक सञ्जालमा समाचार सामग्री मात्रै नभएर व्यक्तिगत विचार राख्ने माध्यम बन्द गएको र मानिसहरुको लोकप्रियता र आकर्षण पनि त्यतैतर्फ बढि हुँदा नेपाल मिडिया उद्योगमा आफूलाई नै सर्वोपरी ठान्दै आएका केही मिडियाहरुको अस्तित्व संकटमा परेको छ । 
 

Advertisement

Advertisement