कोरोना बीमाः निजी ल्याबको पीसीआर रिपोर्टले पनि मान्यता पायो

Advertisement

काठमाडौं । अबदेखि निजी ल्याबको रिपोर्टका आधारमा पनि कोरोना बीमाको दावी पाइने भएको छ । बीमा समितिको सञ्चालक समिति बैठकले कोरोना बीमा मापदण्ड २०७७ संसोधन गर्दै निजी ल्याबहरुको रिपोर्टलाई पनि मान्यता दिने व्यवस्था गरिएको हो । निजी ल्याबहरुको रिपोर्टलाई अस्विकार गरिएको भन्दै बीमा समितिको व्यापक आलोलचना भैरहेको थियो । 

तर बीमा कम्पनीहरुलाई संक्रमितले पेश गरेको रिपोर्टमा शंका लागेमा भने आफ्नै खर्चमा पुनः अर्काे ल्याबमा कोरोना परिक्षण गराउन सक्नेछन् ।  त्यस्तै, अबदेखि कोरोना बीमाको एकल पोलिसी बिक्रि नगर्ने निर्णय समेत भएको छ । समितिले अब उपरान्त सामुहिक बीमालेख मात्रै जारी गर्ने निर्णय गरेको हो । 

कोरोना बीमा दावी व्यवस्थापन उप समिति मार्फत दावी भुक्तानीमा देखिएका समस्याहरुको समाधान गर्नेे व्यवस्था पनि गरिएको छ ।  उप समितिमा बीमा समितिका कार्यकारी निर्देशक, अर्थ मन्त्रालय,  स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र बीमक संघका प्रतिनिधी रहनेछन् ।

कोरोना संक्रमित भई घर वा होटलको आइसोलेशनमा बसेकाहरुले स्वास्थ्य मन्त्रालयको अभिलेख र स्थानीय तहको सिफारिस पनि पेश गर्नुपर्नेछ । उपचारका लागि अस्पताल भर्ना भएका संक्रमितहहरुका हकमा भने भर्ना तथा डिस्चार्ज गरिएको भौचर पेश गर्नुपर्नेछ ।

Advertisement

Advertisement

Advertisement