फेसबुक इण्डियाले ३ हजार भारतीय साना उद्यमीलाई ३२ करोड सहयोग गर्ने

Advertisement

काठमाडौं । फेसबुक इण्डियाले ३ हजार भारतीय घरेलु तथा साना उद्यमीलाई ३२ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । दिल्ली, गुर्गाउँ, मुम्बई, हैदरावाद र बेंगलुरुका साना उद्यमीहरुलाई सो मात्रामा सहयोग गर्न लागेको हो । 

फेसबुकले मार्च महिनामा कोरोनाका कारण प्रभावित साना उद्यमीहरुलाई १०० मिलियन डलर सहयोग गर्ने घोषणा गरेको थियो । फेसबुकका अनुसार विश्वभर १८० मिलियन साना व्यवसायीले फेसबुक फ्यामिली एप प्रयोग गरेर आफ्नो व्यवसाय गरिरहेका छन् ।

भारतका ६० मिलियन साना व्यवसायीलाई अर्थतन्त्रको मुल सम्बाहक मानिँदै आएको छ । फेसबुक इण्डियाका एमडी तथा भाइस प्रेसिडेन्ट अजित मोहनले फेसबुकलाई आफ्नो बिजनेश प्लेटफर्मका रुपमा उपयोग गर्ने क्रम बढिरहेको बताए । तर यसपाली घोषणा गरिएको सहयोग भने आम साना उद्यमीले पनि प्राप्त गर्न सक्ने पनि उनले स्पष्ट पारे ।

Advertisement

Advertisement

Advertisement