इन्टरनेट सेवामा वल्डलिंक अग्रणी, साधारण सेयर पनि निष्काशनको तयारी

Advertisement

काठमाडौं । इन्टरनेट सेवामा अग्रणी कम्पनी वल्डलिंकले साधारण सेयर निष्काशनको तयारी गरेको छ । कम्पनीको २५औं बार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित भर्चुअल कार्यक्रममा कम्पनीका अधिकारीहरुले सेयर निष्काशन गरिने जानकारी दिएका हुन् । 

आफूहरुले तीन बर्षभित्रमा साधारण सेयर निष्काशन गरिसक्नेगरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिलिप अग्रवालले जानकारी दिएका छन् । फाइबर टू दी होम (एफटीटीएच) सेवा दिँदै आएको वल्डलिंक इन्टरनेट सेवामा सबैभन्दा भरपर्दो र गुणस्तरीय सेवा प्रदायक कम्पनीको रुपमा चिनिएको छ । 

Advertisement

साढे दुई दशकको यात्रामा फिक्स ब्रोडब्यान्ड इन्टरनेट उद्योगमा आधा भन्दा बढी हिस्सा ओगट्न सफल भएको यस कम्पनीका फाइबर इन्टरनेट प्रयोगकर्ता चार लाख आठ हजार पुगेका छन् भने २० लाख एक हजार युर्जर रहेका छन् । 

वल्डलिंकले देशभरका विभिन्न ठाउँमा फ्रि वाइफाई, ग्रामीण क्षेत्रमा ब्रोडब्यान्ड इनटरनेटको पहुँच विस्तारलाई जोड दिएको छ । गत बर्ष बेलायतको कमनवेल्थ डेभलपमेन्ट कर्पोरेशन (सीडीसी)बाट एक अर्ब ३५ करोड रुपियाँ विदेशी लगानी भित्र्याएको कम्पनीले सेवा विस्तारलाई जोड दिएको हो । 

Advertisement

Advertisement