युवराज खतिवडा मन्त्रीसरहको सुविधासहित 'प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार' नियुक्त

Advertisement

काठमाडौं । नेकपाभित्रको आन्तरिक किचलोका कारण अर्थमन्त्री पद छोड्न बाध्य भएका युवराज खतिवडाले ‘प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार’ पद प्राप्त गरेका छन् । प्रधानमन्त्रीको विश्वासपात्रका रुपमा चिनिएका खतिवडालाई सोमबारको मन्त्रिपरिषद् बैठकले मन्त्रीसरहको सुविधा पाउने गरेर उक्त पदमा नियुक्त गरेको हो । 

प्रधानमन्त्री ओलीले वामदेव गौतमलाई अर्थमन्त्री नियुक्त गर्न आनाकानी गरेबाट अर्थमन्त्रालय आफैले राख्ने र खतिवडालाई छाया अर्थमन्त्रीको रुपमा काम गर्न दिने तयारीको संकेतको रुपमा पनि हेरिएको छ । 

Advertisement

Advertisement

Advertisement