कुलमानको पक्षमा माइतीघरमा प्रदर्शन, प्रदर्शनकारी प्रहरीको नियन्त्रणमा

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको निवर्तमान कार्यकारी प्रमुख कुलमान घिसिङको पक्षमा माइतीघर मण्डलामा प्रदर्शन गर्न लागेको बेला प्रहरीले हस्तक्षेप गरेको छ । प्रदर्शनकारी भगाउन पानीको फोहोरासमेत प्रयोग गरिएको थियो । 

सभा जुलुस गर्न निषेध गरिएको बेला प्रदर्शन गरिएको भन्दै प्रदर्शनमा उत्रिन लागेकाहरुलाई नियन्त्रण गरिएको हो । कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकमा कायम राख्नुपर्ने माग राख्दै गरिएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरीले माईकिङ गर्दै भेला नहुन आग्रह गरिरहेको छ । प्लेकार्ड र ब्यानरसहित प्रदर्शनकारीहरु माइतीघरमा जम्मा भइरहेको बेला प्रहरीले हस्तक्षेप गरेको हो । 

Advertisement

प्रदर्शनको तयारी थाहा पाएपछि बिहानैदेखि माइतीघरमा प्रहरी परिचालन गरिएको थियो । सरकारले म्याद थप्न अस्वीकार गरेपछि घिसिङ मंगलबार प्राधिकरणबाट बिदा भइसकेका छन् ।  
 

Advertisement

Advertisement