हानिकारक स्यानिटाइजर छ्यापछ्याप्ती, यी हुन प्रतिबन्धित ९ स्यानिटाइजर

Advertisement

काठमाडौं । बजारमा हानिकारक स्यानिटाइजर छ्यापछ्याप्ती बिक्रि वितरण हुन थालेको छ । मानव स्वास्थ्यका लागि हानिकारक मानिएका विषाक्त रसायनहरुको प्रयोग गरिएका स्यानिटाइजरहरुको रोकथाम चुनौतीपूर्ण बनेको हो । औषधी व्यवस्था विभागले पछिल्लो एक सातामा ९ वटा कम्पनीहरुको ह्याण्ड स्यानीटाइजर बिक्रिवितरणमा रोगक लगाईसकेको छ । 

कोरोना भाइरससँग जुध्न स्यानीटाइजरहरु उपयोगी मानिन्छन् । तर स्वदेशमै उत्पादन गरिएका तथा विदेशबाट आयात गरिएका त्यस्ता स्यानीटाइजरहरुले मानव स्वास्थ्यलाई नै असर गरिरेहका छन् । औषधी व्यवस्था विभागले भदौ ३१ मात्रै पाँच वटा कम्पनीका ह्याण्ड स्यानीटाइजरमा प्रतिबन्ध लगायो । तिमध्ये चीन र भारतबाट आयात गरिएका स्यानीटाइजर पनि सामेल थिए । 

त्यस्तै, भदौ २७ गते नेपालमै उत्पादित ५ वटा कम्पनीका स्यानीटाइजरमा पनि प्रतिबन्ध लगाइएको थियो । प्रतिबन्ध लागेका ९ वटै कम्पनीका स्यानीटाइजरमा विषाक्त रसायनहरु इथानोल र मेथानोलको अधिक प्रयोग गरिएको थियो । 

Advertisement

Advertisement

Advertisement