एक हजार ५ सय ३९ जना कोरोना संक्रमित थपिए, उपत्यकामै ७३७

Advertisement

काठमाडौँ । एक हजार ५ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो । 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज थपिएकासहित कूल कोरोना संक्रमितको संख्या ५८ हजार ३ सय २७ पुगेको छ । ती मध्ये कोरोना निको भएर ४१ हजार ७ सय ६ जना घर फर्केका छन्, आजैमात्र एक हजार ६८ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । 

Advertisement

कोरोना संक्रमणका कारण आज ८ जनाको मृत्यु भएको छ । ती मध्ये काठमाडौँ र काभ्रका २–२ जना र सुनसरी, सप्तरी, कास्की र बाराका १–१ जना हुन् । आज ज्यान गुमाएकासहित कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ सय ७९ पुगेको छ । 

आजैमात्र काठमाडौँ उपत्यकामा ७ सय ३७ जना कोरोना संक्रमित थपिएको प्रवक्ता गौतमले जानकारी दिए । ती मध्ये काठमाडौँका ६५२, ललितपुरका ६० र भक्तपुरका २५ जना छन् । 

Advertisement

Advertisement