सत्तापक्ष र विपक्षको बैठक बिहीबार, संवैधानिक अंगहरुमा नियुक्तिको भागबण्डा टुङ्ग्याइने

Advertisement

काठमाडौं । भागबण्डा विवादका कारण लामो समयदेखि ढिलो हुँदै गएको संवैधानिक अंगहरुमा नियुक्तिको विवाद टुङ्गाउन बिहीबार सत्तापक्ष र प्रमुख प्रतिपक्षका शीर्ष नेताहरुको बैठक बस्ने भएको छ । 

कुल १३ वटा संवैधानिक आयोगमध्ये १० वटामा रहेको ३९ वटा रिक्त पदको पूर्तिका लागि विवाद सल्टाउन प्रधानमन्त्री केपी ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई बोलाएका हुन् । सत्तापक्ष र विपक्षबीच भागबण्डा नमिल्दा संवैधानिक परिषद्को बैठक बस्न सकेको छैन् । 

Advertisement

सबैभन्दा आकर्षणको केन्द्र रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पदाधिकारी रिक्त भएपछि ठूला दल भागबण्डा टुँग्याउन तोकका हुन । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधबार बिहान भएको भेटवार्तापछि बिहीबार देउवालाई बोलाएर भागबण्डा विवाद टुँग्याउने तयारी गरिएको हो । 


काँग्रेसले आफ्नो बार्गेनिङको कारण संवैधानिक अंगहरुमा नियुक्ति ढिलाई नभएको दावी गरेको छ भने सत्ताधारी दलले काँग्रेसको बार्गेनिङको कारण बैठक बस्न नसकेको दावी गरेको छ । विशेषगरी अख्तियारको आयुक्ति नियुक्तिमा ओली र देउवाबीच कुरा नमिल्दा ओलीले परिषदको बैठक राख्न आनकानी गर्दै आएका छन् । अख्तियारमा आफूले सिफारिस गरेका जयबहादुर चन्दलाई नियुक्त नगर्ने हो भने आफू बैठकमा नआउने यता देउवाले पनि अडान राख्दै आएका छन् । परिषद्मा प्रतिपक्ष दलको नेताबिना बैठक बस्न सक्दैन् । 

Advertisement

Advertisement