चाडपर्वको मुखमा दुवै मुख्य नाका नखोलेर चीनले ‘अघोषित नाकाबन्दी’ गर्योः व्यापारीहरु

Advertisement

काठमाडौं । भूकम्पले थिलोथिलो भएको नेपालमाथी भारतले २०७२ सालमा नाका बन्दी गर्यो । ‘सिमा नाकामा मधेशवादी दलहरुको अवरोध हो, हामीले नाका बन्द गरेका होइनौं’ भन्ने भारतीय तर्क थियो । नेपाल र नेपाली जनताले त्यसलाई नाका बन्दीकै रुपमा स्वीकार गरे तर भारत सरकारले त्यसलाई अझै स्वीकार गरेको छैन् । अर्थात त्यो भारतले लगाएको अघोषित नाका बन्दी थियो । 

यतिबेला उत्तरी छिमेकी चीनले पनि सिमा नाकामा अघोषित नाका बन्दी गरिदिएको छ । चाडबाडका समयमा अत्याधिक वस्तुहरुको आयात हुन्छ । तर चीनले ठिक यहि बेला उत्तर तिरका दुबै नाका रसुवागढी र तातोपानीमा अघोषित नाका बन्दी गरेकोे छ । र त्यसको बहाना बनाएको छ ‘नेपालमा फैलिएको कोरोना संक्रमणलाई ।’ सुरुमा चीन तर्फ कोरोनाको संक्रमण देखिँदा नेपालले दुबै तर्फका नाका बन्द गर्ने निर्णय गरेको थियो । चीनले आफ्नो सामथ्र्य प्रयोग गरेर कोरोनालाई रोक्यो । यतिबेला नेपाल कोरोनाको महामारीमा फसिरहेको छ । अब चीनले आफ्ना नाकामा अघोषित पावन्दी लगाई दिएको छ । 

१४ सय कन्टेनर सिमा पारी 
राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटवालका अनुसार तातोपानी र रसुवागढी नाका पारी १४ सय कन्टेनर रोकिएर बसेका छन् । रसुवागढीमा विगत १० महिनादेखि कन्टेनर रोकिएका थिए भने तातोपानी नाकामा पनि केहि महिनादेखि २ सय भन्दा बढी कन्टेनर रोकिएका छन् । ति कन्टेनरहरुमा अधिकांश लत्ता कपडा, इलेक्ट्रोनिक समान, कच्चा पदार्थदेखि जुत्ता चप्पल समेत थिए । 

चीनले केहि समय अघि रसुवागढी नाकाबाट दैनिक ४ वटा कन्टेनर छोड्ने निर्णय गरेको थियो । तर भन्सारका कर्मचारीमा कोरोना देखिएपछि त्यो पनि रोकिएको छ । 
राष्ट्रिय व्यापार संघका अध्यक्ष कुमार कार्कीले कोरोनालाई देखाएर चीनले चाडबाडका मुखमा अघोषित नाका बन्दी गरेको बताए । 

नाका खोल्ने प्रयास जारी छः मन्त्री भट्ट
उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उत्तरतिरका नाका खोल्ने प्रयास भैरहेको बताए । दुबै देशका सह सचिवहरु सहभागी रहेको ‘जोइन्ट वर्किङ ग्रुप’ले छलफल अघि बढाईसकेको जानकारी पनि उनले व्यवसायीहरुसँगको भेटमा दिएका थिए । बाणिज्य सचिव बैकुण्ठ अर्यालले पनि सिधै बेइजिङसँग समन्वय गर्न सहसचिवहरुको संयन्त्र खडा गरिएको र त्यसको पहिलो बैठक नै नाका सुचारु गर्नेबारे केन्द्रित हुने बताए । ‘दक्षिण तिर समस्या छैन्, चीन तिर दुबै नाका अवरुद्ध छन्, चाडबाड नजिकै आईसकेको छ, हामी समस्या समाधानको प्रयास गरिरहेका छौं’, बाणिज्य सचिव अर्यालले व्यवसायीहरुसँगको भेटमा भनेका थिए । 

Advertisement

Advertisement

Advertisement