पचास लाख रुपियाँको काम जम्मा यति ?

Advertisement

वालिङ । खेल मैदान निर्माणका जिल्ला खेलकुद समिति स्याङ्जालाई प्राप्त  ५० लाख रुपियाँ जिल्ला खेलकुद समितिका पदाधिकारीले अपचलन गर्ने चिन्ता बढेर गएको छ । 

एक बर्षअघि वालिङ खेल मैदान निर्माणका लागि ५० लाख रुपियाँ आएपछि जिल्ला खेलकुद समितिका अध्यक्ष मोहन खनाल र उपाध्यक्ष केशरभक्त गुरुङले वालिङमा भएका क्लब र खेलाडीहरुसहितको समिति बनाएर काम अघि बढाउने प्रतिवद्धता जनाए पनि पछि छुट्टै समिति बनाएको र मैदानमा एकातर्फको वाल मात्रै बनाएर अलपत्र छोडेको स्थानीय युवाहरुको गुनासो छ । 

Advertisement

आफूहरुले सयौं पटक भेट्न कोसिस गर्दा पनि खनाल र गुरुङ भेट्न नमानेको र फोन पनि नउठाउने गरेको बताउँदै उनीहरुले आम वालिङवासीको चासोको विषय बनेको खेल मैदान निर्माणलाई पूर्णता दिन र गुणस्तरीय निर्माणका लागि खनाल र गुरुङलाई बाध्य बनाउने, यस कार्यमा भएको बदमासीहरु छानविन हुनुपर्ने माग गरेका छन् । 

अहिले पनि प्रदेश सरकारबाट वालिङ खेल मैदान र भुम्रे खेल मैदानका लागि २०–२० लाख रुपियाँ आएकोमा उक्त पैसाको दुरुपयोग हुनसक्ने भन्दै स्थानीय युवाहरु चनाखो भएका छन् । स्थानीय एक युवा लक्ष्मण रुचालले ५० लाख रुपियाँले खेल मैदानको एकातर्फको सामान्य वाल निर्माणका लागि मात्रै पुगेछ ! भन्दै आश्चर्य प्रकट गरेका छन् । उनले खेल मैदान निर्माणमा भएको बदमासीको सत्यतथ्य पत्ता लगाउन र समितिका पदाधिकारीलाई रोकिएको काम गर्न लगाउन सम्वन्धित निकायसँग माग गरेका छन् । 

वालिङका युवाहरुले यस पटक पनि खेल मैदान निर्माणका लागि थप बजेट आएकोले त्यको सही सदुपयोग हुनुपर्ने आवाज उठाएका छन् । भुम्रेमा खेल मैदान निर्माणका लागि क्लब र खेलाडीहरुको समिति बनिसकेकाले वालिङमा पनि बन्नुपर्ने उनीहरुले बताएका छन् । 

रुचाल भन्छन्, ‘म चाहन्छु वालिङ खेलमैदान भनेको हाम्रो मुख्य खेल मैदान हो, त्येसैले यो खेलमैदान निर्माण व्यवस्थित  गर्नु हामी वालिङबासीको कर्तव्य हो।’ सामाजिक काम ठेक्कामा नदिँदा द्दछ देखि घण् प्रतिशतको काम बढी हुने उनको तर्क छ । वालिङ खेल मैदानलाई नमुना खेल मैदान बनाई वालिङ गोल्डकप आयोजना गर्ने स्थानीय युवाहरुको योजना छ । 

Advertisement

Advertisement